हे भगवान! कोरोना भाइरसको ज्यान गुमाउनेको संख्या ९ पुग्यो

काठमाडौं,नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित थप एक जनाको मृत्यु भएको हो। मृतक दोलखाका ७६ वर्षीय पुरुष रहेका छन् । डा देवकोटाका अनुसार ती वृद्धलाई गत जेठ १३ गते काठमाडौं मेडिकल कलेज सिनामंगलमा भर्ना गरिएको थियो ।

कोरोना पोजेटिभ आएपछि उनलाई थप उपचारको लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।उनमा हेमोर्‍याजिक स्ट्रोक अर्थात मष्तिस्कमा रक्तश्राव भएको थियो । उनको शल्यक्रिया भएको थियो । उनको जेठ १५ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।आइसीयुमा उपचारत उनको आज मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमति मृतकको संख्या ९ पुगेको छ ।

योसँगै नेपालमा कोरोना संक्रमति मृतकको संख्या ९ पुगेको छ ।यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्ध, ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष र बाजुराकी २ वर्षीया बालिका गरी ८ जनाको कोरोनाका कारण मृत्यु भएको थियो ।

बुधबार थप २०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ सय पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म २३ सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या २३ सय पुगेको जानकारी दिएका हुन् ।प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म २ सय ७८ जना संक्रमितहरु निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमध्ये ५६ महिला र २२२ जना पुरुष रहेका छन् । उनका अनुसार हालसम्म १ लाख ५५ हजार ८६८ जना  क्वारेन्टाइनमा रहेका छन् भने २ हजार १३ जना आइसोलेसनमा रहेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा