सरकारले बुझाउने समय फेरि थपेको छ:असार ७ गतेसम्म समय थप गरेको छ।

काठमाडौं,आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थप गरेको हो ।विभागले मंगलबार मात्र जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवाना लाग्ने सूचना निकालेको थियो । लकडाउनले व्यवसाय चौपट भएका बेला सरकारले कर तिर्न ताकेता गरेपछि त्यसको चौतर्फी आलोचना भएको थियो ।

आजै अर्थ मन्त्रालयमा व्यवसायीहरुसँग भएको छलफलपछि सरकार आफ्नै निर्णयबाट पछि हटेको हो ।यसअघि जेठ २५ गतेसम्म कर नबुझाए जरिवाना लाग्ने सूचना जारी गरेको आन्तरिक राजश्व विभागले असार ७ गतेसम्म कर बुझाउने समय थपेको हो ।चौतर्फी आलोचनापछि विभागले अर्को सूचना जारी गरेको हो ।

कर तिर्ने समय नथपे भद्र अवज्ञा गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले समेत आग्रह गरेका थिए ।त्यसपछि विभागले बुधबार नयाँ सूचना निकालेर कर तिर्ने समय बढाएको हो ।

फोटो: खबरहब

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा