मुटु जोगाउन अबलम्बन गर्नुहोस् यी १० टिप्स

अहिले अधिकाशं मानिसमा मुटुरोगको समस्या देखिने गरेको छ । यो वृद्ध उमेरका मानिसमा मात्र नभई युवा र बालबालिकामा समेत हुने गर्दछ । तर मुटुरोग हुन बाट कसरी बच्ने त ?

१. दैनिक व्यायाम
दैनिक ४५ मिनेटसम्म ब्यायाम गरेमा असल कोलेस्टेरोल र इन्सुलिन सेन्सिटिभिटी बढ्ने गई टाईप २ डाईबिटिजलाई नियन्त्रण हुन्छ र मुटुरोग हुनबाट बच्न सकिन्छ ।

२. तौल नियन्त्रण गर्ने
मुटुरोग हुनबाट बच्न सबैभन्दा पहिले आफ्नो तौललाई उचाइ अनुसार कायम राख्न सक्नु पर्दछ । अत्यधिक मोटो भएमा मुटु रोगको संभावना हुन्छ ।

३. तनाव नियन्त्रण
मुटुरोग हुनबाट बच्न तनावलाई नियन्त्रण गर्नु सबैभन्दा बढि आवश्यक छ । तनावले मुटुरोग बढाउने गर्दछ ।

४. नुनको सेवन
धेरैलाई थाहा नहुन सक्छ अत्यधिक नूनको प्रयोगले उच्च रक्तचापको समस्या निम्त्याउने गर्दछ । त्यसैले खानामा नुनको मात्रा नियन्त्रण गर्नु पर्दछ ।

५. मदिरा सेवन
अत्यधिक मदिरा पिउँदा उच्च रक्तचापको समस्या तथा डाईलेटेड कार्डियोमायोप्याथी जस्ता मुटुका समस्या हुनसक्छ । त्यसैले मदिरा सेवन नगर्नु पनि मुटुरोगबाट बच्ने उपाय हो ।

६. माछाको सेवन
सातामा तीनपटकसम्म खानामा माछाको सेवन गरेमा मुटुको रोग लागिसकेका व्यक्तिमा समेत लाभ मिल्दछ । प्राकृतिक रुपमा पाईने तैलीय माछा र फिस आयल ओमेगा ३ फ्याटी एसिडका स्रोत हुन् ।

७. भिटामिनको सेवन
भिटामिन सप्लिमेन्ट गर्ने तथा एन्टिअक्सिडेन्ट भिटामिनहरु जस्तै बिटा क्यारोटिन, भिटामिन ए, भिटामिन सि, भिटामिन ई आदिको उपभोग गरेमा मुटु रोगबाट बच्न सकिन्छ ।

८. तरकारी
गाढा हरियो रंगका सागसब्जी, ब्रोकाउली, फर्सी, राज्मा, गेडागुडी, सोयालगायतका तरकारी र फलफूल दैनिक तीन पटकसम्म खानुपर्छ । यसले कोलेस्टेरोल नियन्त्रण गर्दछ ।

९. लसुन
२/३ केस्रा लसुन काचो वा हल्का तेलमा भुटेर प्रयोग गरे ट्राइग्लिसराइड नियन्त्रण गर्दछ ।

१०. शाकाहारी भोजन
शाकाहारी आहार मात्र सेवन गर्नेहरुमा हृदयाघातको समस्या कम हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा