रुकुम को घटनाको बिसएमा गाउँलेहरुको वयान

रुकुमको घटाना यतिबेला सामाजिक संजाल लगाएत चौतर्फी फैलिएको छ। मानिसहरुले आफ्नो आफ्नो ब्यक्तिगत धराणा दर्साएका छन्। भन्ने नै हो भने रुकुमको चौरजहारीमा भएको घटनाले अहिले मुलुकमा एउटा तरंग ल्याएको छ ।

आफुले मन पराएको केटि उपाल्लो जात को भएपछि भगाउन जादा गाउलेहरुले लखेटीएपछि ज्यान जोगाउन खोज्दा भेरी नदीमा हाम फालेपछि नभराजको निधन भएको छ। उनीसंगै गएका अन्य दुई जना साथीको पनि शव फेला परेको छ भने अझै ३ जना फेला परेका छैनन् । गोताखोरको माध्यमवाट उनीहरुको खोजि जारी राखिएको छ ।

युवतीलाई लिन समुहका साथ गएका नवराजलाई स्थानियले लखेटेको बताइएको छ। शनिवार भएको सो घटनाको वारेमा स्थलगत रिपोटिर्गमा गएको एउटा युट्युव च्यानलले सो गाउँका स्थानियसंग गरेको कुराकानी देखाएको छ।

गाउँमा ठूलो संख्यामा युवकहरु आएपछि नीहरु किन आएका हुन् भनेर चासो राखेको त्यहाँका स्थानियले बताए। उनीहरुले वडाध्यक्षले पनि उनीहरु त्यती ठूलो संख्यामा किन आए गएर बुझ्नु भनेर भनेको पनि स्थानियले बताएका छन् ।आफुहरुलाइ उनीहरुको ज्यान नलिने उद्देश्य नभएपनि यस्तो अवस्थामा आएका उनीहरुलाई गाउँवाट वाहिर पठाउने पक्षमा भने गाउँले रहेको बताएका छन् ।

युवकहरु ठूलो संख्यामा आएको भन्नेवारे आफुले नै वडाध्यक्षलाई एक जना स्थानियले जानकारी गराएको बताए ।आफुले जानकारी दिएपछि उनीहरुलाई समातेर प्रहरीलाई बुझाउन भनेको उनले बताएका छन् । उनले त्यो समुहमा नभएका ब्यक्ति पनि प्रहरीले पक्राउ गरेको बताएका छन् ।उनले आफुहरुले कुनै आक्रमण नगरेको र गाउँका केही मानिस उनीहरुका बारेमा बुझ्न जाँदा आफै डराएर भागेको बताए ।उनले आफु सहित ६ जनाको समुह गएको र आफुहरुलाई देखेर उनीहरु भागेको बताए । उनले प्रहरी सहित आफुहरु उनीहरु किन आएको हुन् भन्ने कुरा बुझ्न गएको बताए ।

उनीहरु गाउँले त्यसरी प्रहरी सहित जाँदा डराएर भागेको र नदिमा हाम फालेको आफुले देखेको बताएका छन् । उनले केहीलाई प्रहरीले पक्राउ गरेको पनि बताए । उनले त्यसरी गएका ६ जना गाउँले र उतावाट आएका युवकका टोलीका केहीलाई पनि पक्राउ गरेको पनि बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा