कोरोना संक्रमितको संख्या ८ सय ४२ पुगेको छ:परीक्षणको क्रममा ४५ जनाको रिपोर्ट पोजेटिभ

भर्खरै ६२ जना कोरोनाका नयाँ संक्रमित भेटिए

विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये १५ जना केचनकवल गाउँपालिकाका छन्। भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका थिए। बाँकी दुई जना भने गौरादह नगरपालिकाका छन्। योसँगै कोरोना संक्रमितको संख्या ८ सय ४२ पुगेको छ।

बुधबार मात्रै प्रदेश २ मा ४५ जना कोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र हेटौंडा प्रयोगशालामा गरिएको ३८ जनाको स्वाब टेकुस्थित प्रयोगशालामा परीक्षण गरिएको थियो भने बाँकी ७ जनाको हेटौंडाको प्रयोगशालामा परीक्षण गरिएको हो परीक्षणको क्रममा ४५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमितहरूमध्ये रौतहटका मात्रै ३५ जना रहेका छन् । त्यस्तै, बाराका ८ जना र सिराहाका २ जना रहेका छन् ।

उनीहरु सबै केही दिनअघि मात्रै भारतबाट आएको रौतहटका सिडिओ बासुदेव घिमिरेले जानकारी दिए।सीमाबाटै क्वारेन्टाइनमा पुर्‍याएकाले समुदायिकसँग उनीहरुको सम्पर्क नहेको बताइएको छ । पुष्टि भएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । पछिल्लो तीन दिनमा ८० जना भन्दाबढी संक्रमित रौतहटमा फेला परेपछि आइसोलेसन कक्षको अभाव देखिएको छ । संक्रमितलाई कहाँ राखेर उपचार गराउने भन्ने विषयमा छलफल भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा