एमालेले विशेष पत्रकार सम्मेलन गर्दै

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा एमालेको आज गर्ने भनिएको पत्रकार सम्मेलन सारिएको छ  । 

एमालेको मध्यपहाडी यात्राको समीक्षासहित पत्रकार सम्मेलनमार्फत गरिने भनिएको आजको कार्यक्रम तयारी नपुगेकाले सारिएकाे पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बताएकी छन् ।  

उनका अनुसार  लामो यात्राको प्रतिवेदन लेखन, अन्य कार्यक्रमहरूको तयारीमा केही समय लाग्ने भएकोले आजको कार्यक्रम ८ गतेलाई सारिएको हो ।  विशेष पत्रकार सम्मेलन दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुनेछ । 

एमालेले मध्यपहाडी यात्रामा जनताले भव्य रुपमा साथ दिएको निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा हिजो (बुधबार) भएको सचिवालयको अनौपचारिक बैठकमा नेताहरूले एमालेको यात्रालाई अभूतपूर्व रुपमा साथ दिएर अपनत्व लिएको बताएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारीको अनौपचारिक बैठकले यात्रामा साथ दिने सम्पूर्ण नेता, कार्यकर्ता, शुभचिन्त्कहरुलाई धन्यवाद ज्ञापन गरेको 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा