काठमाडौं,आइतबार राति भएको सवारी दुर्घटनामा परि बाँकेको राप्ती सोनारी गाउँपालिका(२ ठुरिया जंगलमा पश्चिम दाङको शान्तिनगर गाउँपालिका वडा नं। ३, पातेटाकुराका एकै परिवारका तीन जनाको निधन भएको छ ।निधन हुनेमा पूर्ण बहादुर पुन, श्रीमती सीता पुन र छोरा हीमान्सु पुन रहेको बताइएको छ ।
उनीहरु सपरिवार भारतमा मजदुरी गर्न गएको बुझिएको छ । कोरोनाका कारण भारतबाट घर फर्कने क्रममा उनीहरुको दुर्घटनामा परि निधन भएको हो ।एकै परिवारका तीन जाको निधन भएपछि गाँ नैशोकमा रहेको छ ।
भारतको रुपैडिया नाका हुँदै नेपाल प्रवेश गरेकालाई लिएर नेपालगञ्जबाट सल्यानतर्फ आउँदै गरेको गाडी आइतबार राती करिब १२ बजेतिर दुर्घटनामा परेको थियो ।ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोकिएर दुर्घटना भएको थियो ।