मकालु हिमाल ट्रेकिङ गर्न विदेशी पर्यटकसँग आएका १५ भरिया संखुवासभाको सभापोखरीमा अलपत्र परेका छन् ।विदेशी पर्यटकको भने उद्दार

खाँदबारी,विदेशी पर्यटकसँग मकालु हिमाल ट्रेकिङमा हिँडेका भरिया लक डाउनका कारण सङखुवासभाको सभापोखरी गाउँपालिका–२ बाह्रविसेमा अलपत्र परेका छन्। मकालु हिमाल ट्रेकिङ गर्न विदेशी पर्यटकसँग आएका १५ भरिया संखुवासभाको सभापोखरीमा अलपत्र परेका हुन्। 

उनीहरुसँग आएका विदेशी पर्यटक फर्किए पनि भरिया भने सभापोखरीमै अलपत्र परेका गाउँपालिका अध्यक्ष रत्न सुब्बाले जानकारी दिए ।उनीहरुसँग आएका अस्ट्रेलियाका दुई, क्यानडाका दूई र फ्रान्सका एक नागरिकको गत चैत १८ गते नै कैलाश एयरको हेलिकप्टरबाट उद्धार भइसकेको छ ।उनीहरु अहिले गाउँपालिकाको प्रहरी चौकी नजिकै चउरमा टेन्ट बनाएर बसेका छन् ।

लकडाउनले अलपत्र परेका भरियाहरु सात जना तनहूँ र आठ जना काठमाडौंका छन् । उनीहरु ३६ दिनदेखि सभापोखरीमै अलपत्र परेका छन् ।उनीहरुलाई गाउँपालिकाले राहत सामग्री सहयोग गरेको गाउँपालिका अध्यक्ष सुब्बाले बताए । उनीहरु घर फर्किने पास नभएका कारण सभापोखरीको बाह्रविसेमै रोकिएको अध्यक्ष सुब्बाले जानकारी दिए ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा