तीन महाशक्ति राष्ट्रका नेताहरूबिच ऐतिहासिक त्रिपक्षीय वार्ता, आणविक निःशस्त्रीकरण र विश्व शान्तिबारे छलफल

काठमाडौँ । विश्व राजनीतिमा नयाँ तरङ्ग पैदा गर्दै प्रमुख तीन महाशक्ति राष्ट्रका सरकार प्रमुखहरूबिच झण्डै डेढ घण्टा लामो ऐतिहासिक त्रिपक्षीय शिखर वार्ता सम्पन्न भएको छ। चीनको शेन्जेनमा आयोजित यस उच्चस्तरीय बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच प्रत्यक्ष संवाद भएको हो।

चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीका अनुसार सौहार्दपूर्ण वातावरणमा भएको यस त्रिपक्षीय छलफलमा मुख्यतया विश्वव्यापी आणविक निःशस्त्रीकरण, रुस–युक्रेन युद्धको शान्तिपूर्ण समाधान, अन्तर्राष्ट्रिय सुरक्षा सन्तुलन तथा रणनीतिक स्थिरताका विषयमा गम्भीर कुराकानी भएको छ। तीनवटै आणविक शक्ति सम्पन्न राष्ट्रका प्रमुखहरूले विश्व शान्ति र स्थिरताका लागि खुला संवाद अपरिहार्य रहेकोमा साझा सहमति जनाएका छन्।

बैठकको आयोजना गरेका चिनियाँ राष्ट्रपति सी जिनपिङले ठुला शक्ति राष्ट्रहरूबिचको सम्बन्धलाई दिगो बनाउन पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व, साझा लाभ र निरन्तर कूटनीतिक सञ्चार हुनुपर्ने चारबुँदे अवधारणा प्रस्तुत गरे। उनले शक्तिकेन्द्रहरूबिच संवादको अभाव हुँदा आशंका बढ्ने र त्यसले ठूलो द्वन्द्वको रूप लिन सक्ने भन्दै नियमित संवाद संयन्त्र स्थापनाको प्रस्ताव राखे।

यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी र चिनियाँ समकक्षीहरूसँगको पहिलो संयुक्त बैठक निकै फलदायी रहेको टिप्पणी गर्दै परम्परागत कूटनीतिभन्दा फरक बाटोबाट विश्वका जटिल समस्या समाधान गर्न सकिने विश्वास व्यक्त गरे। रुसी राष्ट्रपति पुटिनले पनि बहुध्रुवीय विश्व व्यवस्थामा शक्ति राष्ट्रहरूबिचको सन्तुलित सहकार्यले मात्र दिगो शान्ति सम्भव हुने धारणा राखेका थिए।

यो समाचार सेयर गर्नुहोस्:

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा