६ वर्षकी बालिका बेच्न लैजादै गरेको अवस्थामा पक्राउ

धनुषामा एक जना ब्यक्ति ६ वर्षकी बालिका बेच्न लैजादै गरेको अवस्थामा पक्राउ परेका छन् । उनले ६ वर्षकी बालिकालाई भारत तर्फ बिक्री गर्न लैजाँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

जनकपुरका ३५ वर्षीय मनोज महतोले सोही ठाउँकी एक बालिकालाई भारत तर्फ लंजादै थिए । उनलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हो ।

महतोले बालिकालाई बेचबिखन गर्नको लागि लगेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जटहीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा नगराईन नगरपालिका-२ स्थित सडकबाट फेला पारी पक्राउ गरेको जनाएको छ ।

महतोमाथि मानव बेचविखन तथा ओसा-रपसार मु’द्दा’मा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनले बालिकालाई कहाँ र कसलाई बेच्न लैजाँदै थिए भन्ने खुलेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा