काली भएका कारण अमेरिकाबाट फर्कन बाध्य भएकी प्रियंका

बलिउड अभिनेत्री प्रियंका चोपडा हाल अमेरिकी गायक निक जोन्सका साथ विवाह गरेर अमेरिकामा बसोबास गरिरहेकी छिन्। प्रियंकाले बलिउडमा मात्र नभई हलिउड फिल्म उद्योगमा पनि तहल्का मच्चाइसकेकी छिन्।

तर प्रियंकाले कुनै बेला भारतीय मूलकी र कालो वर्णको भएकै कारण अमेरिकाबाट आफ्नो पढाइ नै छोडेर भारत फर्किनुपरेको थियो।

प्रियंकाले हालै पीपल म्यागेजिनसँगको कुराकानीका क्रममा आफ्नो जिन्दगीसँग जोडिएका किस्सा शेयर गर्दै यो खुलासा गरेकी हुन्। केटीहरुले म काली भएका कारण मेरो मजाक उडाउने गर्थे। उनीहरु मलाई ब्राउनी तिमी आफ्नै देशमा फर्केर जाउ भन्ने गर्थे।

प्रियंकाले आफू १३ वर्षको हुँदा अन्टीको साथ स्कुल पढ्नका लागि अमेरिका गएको र अमेरिका गएको ३ वर्षमै भारत फर्केर आउनुपरेको कारण खुलाउँदै भनेकी छिन्– ‘म अमेरिकाको स्कुलमा पढ्दा मेरोजस्तै उमेरका अमेरिकन केटीहरुले म काली भएका कारण मेरो मजाक उडाउने गर्थे। उनीहरु मलाई ब्राउनी तिमी आफ्नै देशमा फर्केर जाउ भन्ने गर्थे।

यस कारण म नराम्रो महसुस गर्थें र मेरो आत्मविस्वास नै गुमेको थियो। वर्णको आधारमा मजाक उडाएका कारण मेरो स्वास्थ्यमा पनि असर गरेपछि मैले आफ्नो मातापिताको साथ भारत फर्किने निर्णय गरेकी थिएँ।’

अमेरिकाको पढाइ छोडेर भारत फर्केकी प्रियंकाले भारतको मध्यप्रदेशको बरेलीस्थित आर्मी स्कुलबाट पढाइ पूरा गरेकी थिइन् । मिस इन्डियामा सहाभागी प्रियंकाले सन् २००० मा मिस वल्र्डको उपाधि जितेपछि पछाडि फर्किनुपरेन।

प्रियंकाले कुराकानीको सिलसिलामा भनेकी छिन्– ‘मलाई लाग्छ मेरो अमेरिका छोडेर भारत फर्किने निर्णय निकै राम्रो थियो। किनभने यसले गर्दा मैले आप्नो आत्मविश्वास फेरि फर्काउन सफल भएँ।

म यस कुरामा कुनै शहरलाई दोष दिन चाहन्न। मलाई लाग्छ त्यो बेला ती अमेरिकन केटीहरु मलाई दुःख दिनका लागि ममाथि त्यस्तो व्यवहार गर्ने गर्थे।’ एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा