स्कारपियोको ठ’क्क’रबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

धनुषा मा मोटरसाइललाई ठ’क्क’र दिएर फरार भएको चालक सहित स्कारपियो समेत प्रहरीले नियन्त्रणमा लिएको हुन् । धनुषाको मिथिला नगरपालिकामा मोटरसाइललाई ठ’क्क’र दिएर फ’रार भएको स्कारपियो धनुषा प्रहरीले २ घण्टापछि नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय ढल्केवरले मोटरसाइकललाई ठ’क्क’र दिएर फरार भएको बा १३ च ८०३८ नम्बरका स्कारपियो गाडी २ घण्टापछि नियन्त्रणमा लिएको हो।

धनुषाको मिथिला नगरपालिका ५ सानो विश्रामपुर स्थित पूर्वपश्चिम राजमार्गमा गएराति साढे ८ बजे ज ६ प २८३३ नम्बरको मोटरसाइकललाई स्कारपियो गाडीले ठक्कर दिइ फरार भएको थियो।

स्कारपियोको ठ’क्क’रबाट मोटरसाइकलमा सवार मध्ये एक जनाको मृत्यु भएको छ,भने एक जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक तिर्थ कार्कीले जानकारी दिएका छन् ।

स्कारपियोको ठ’क्क’रबाट मिथिला नगरपालिका बस्ने अन्दाजी बर्ष २० को रोशन लामा र सोही ठाउँका २४ बर्षिय दिपेन्द्र महतो गम्भीर घाइते भएका थिए। तत्काल घा’इते दुबैलाई प्रहरीले उपचारका लागि प्रादेशिक अस्पातल जनकपुर पर्याएको थियो। उपचारको क्रममा दिपेन्द्रको मृत्यु भएको प्रहरीले जनाएको छ।

ठ’क्क’र दिइ घटनास्थलबाट स्कारपियो गाडि फरार भएपछि अक्रोशित स्थानीय वासीले करिव आधा घण्टा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए। राजमार्ग अवरुद्ध भएपछि इलाका प्रहरी कार्यालय ढल्केवरले सहसमय पछि राजमार्ग सुचारु गराएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा