जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पूर्व र मध्य क्षेत्रका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको जनाएको छ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले देशभर आंशिक देखी सामान्य बदलीको सम्भावना रहेको हो ।
पश्चिमी वायुको प्रभाव पश्चिमबाट पूर्वमा सरेकाले आज प्रदेश नम्बर १, २ र वाग्मती प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको शनिबारको मौसमी बुलेटिनमा उल्लेख गरेको हो ।
महाशाखाका अनुासर आज काठमाडौं उपत्यकामा दिउँसोपछि हल्का पानी पर्ने छ भने अरु पहाडी भेगमा सामान्य बदली मात्रै हुनेछ ।
हिजो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी भेगमा हिमपातसँगै वर्षा भएको थियो । दिपायल, डडेल्धुरा, धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, जुम्ला, घोराही, भैरहवा र काठमाडौंमा पानी परेको मौसमविदले जनाएका छन् । हिजो सबैभन्दा धेरै डडेल्धुरामा १२ दशमलव २ मिलीमिटर पानी परेको छ ।