नेपालमा पहिलो डोजको खोप अभियान आजदेखि सकिदै

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा पहिलो चरणको पहिलो खोप अभियान आजदेखि सकिएपछि अबको केही दिनमा पहिलो चरण अन्तर्गतकै दोस्रो डोज खोप लगाउन सुरु गरिने तयारी सरकारकाे छ ।

सरकारले पहिलो चरणमा ४ लाख ३० हजार जनालाई खोप लगाउने भने पनि लक्ष्यअनुसार खोप लगाउने छाँट देखिएको छैन ।

पहिलो डोजको खोप अभियान अन्तर्गत हिजोसम्म १ लाख ७१ हजार ४ सय ८६ जनाले खोप लगाएका छन् । पहिलो चरणमा थोरै परिमाणमा खोप आएकाले सीमित जनशक्तिलाई मात्र पुगेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर अधिकारीले बताउनुभयो । सरकारले अब छिट्टै कोभ्याक्स सुविधामार्फत् दोस्रो चरणको खोप ल्याउने जनाएको छ ।

यसैबीच चीनले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप पाँच लाख मात्रा दिने भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग शुक्रवार बेलुकी भएको टेलिफोन संवादमा चीनका विदेश मन्त्री वाङ यीले अनुदानको खोप दिने प्रतिबद्धता जनाउनुभएको हो । चीनले यसअघि नेपाललाई ३ लाख डोजको कोरोना खोप अनुदान सहयोग गर्ने बताएको थियो ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा