ट्याक्सी जलाउनेलाई कार्वाहीको माग गर्दै माधव–प्रचण्ड समूहको अराजकता विरुद्ध सडकमा उत्रिए ट्याक्सी चालक

नेकपाको प्रचण्ड–नेपाल पक्षले माघ  २२ गते आह्वान गरेको आमहड्तालका क्रममा उक्त समूहबाट ट्याक्सी जलाइएको विरोधमा ट्याक्सी चालकहरु आन्दोलित भएका छन् ।

शनिबार राजधानीका माइतीघर क्षेत्रमा ट्याक्सीसहित उनीहरुले प्रदर्शन गरेका हुन् ।  चालकहरुले पेशागत सुरक्षाको माग गर्दै दोषीमाथि कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन् ।
बन्दको दिन काठमाडौँको गोंगबुमा कुम्भ नारायण श्रेष्ठको प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको थियो।

‘नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाज’ को ब्यानरमा भएको विरोध कार्यक्रममा सहभागीहरुले राष्ट्रिय पुँजी लगानी भएको ट्याक्सीको सरक्षण गर्न माग गरेका थिए ।

उनीहरुले टुटल पठाओ जस्ता सेवा बन्द गरिनुपर्ने, ट्याक्सी स्ट्यान्ड र शौचालयको व्यवस्था गरिनुपर्ने, कुनै पनि बहानामा सार्वजनिक सवारी साधन  तोडफोड र आगजनी बन्द गरिनुपर्ने, ट्याक्सी व्यवसायीको लगानी सुरक्षित गर्नुपर्ने, यातायात क्षेत्रमा हुने गरेका गैरकानुनी धन्दा बन्द हुनुपर्ने जस्ता माग समेत गरेका थिए ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा