’राजा आऊ देश बचाऊ’ भन्दै माइतीघरमा जनताको पार्टी नेपालको नेतृत्वमा प्रर्दशन भएको हो ।
देशलाई सङ्क्रमणकालीन अवस्थाबाट मुक्त गर्न पनि राजाको आवश्यकता देखिएको भन्दै प्रदर्शनकारीहरु नेपालको झण्डासहित प्रदर्शनमा उत्रेका थिए ।
नेपाल आफूहरूको पुर्खा राजाले आर्जेको देश भएको र अहिलेका नेताहरूले देश र जनतालाई झुक्याउने मात्रै काम गरेको भन्दै राजसंस्थाको विकल्प नभएको उनीहरुको भनाइ छ ।
नेपाल आफूहरूको पुर्खा राजाले आर्जेको देश भएको र अहिलेका नेताहरूले देश र जनतालाई झुक्याउने मात्रै काम गरेको भन्दै राजसंस्थाको विकल्प नभएको उनीहरुको भनाइ छ ।
प्रदर्शनमा सहभागीहरुले ’हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’, ’राजा आऊ देश बचाऊ’ लगायतका नारा लगाएका थिए ।
काठमाडौँको माइतिघरबाट शुरू भएको प्रदर्शनसहितको र्याली बानेश्वर पुगेर समापन भएको थियो ।