विराटनगरमा ओली पक्षको जनसभा

विराटनगर– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षको विराटनगरमा बृहत जनसभा शुरू भएको छ ।
प्रदेश १ को राजधानी विराटनगरमा ओली पक्षले शक्ति प्रदर्शन गर्दै आज जनसभाको आयोजना गरेको हो ।

जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली विराटनगर पुगेका छन् । अहिले सभालाई विभिन्न नेताहरुले सम्बोधन गरिरहेका छन् ।

May be an image of one or more people, people standing, road and crowd

विराट नर्सिङ होम पूर्वतर्फको मैदानमा आयोजित सभामा प्रदेश १ का विभिन्न जिल्लाबाट जुलुससहित आएका हजारौँ मानिस सहभागी छन् । सभामा दुई लाख जनता उतार्ने ओली पक्षले बताएको छ ।

यसअघि, विराटनगर विमानस्थलबाट कार्यक्रमस्थल जानेक्रममा प्रधानमन्त्री ओलीलाई नेकपाको प्रचण्ड माधव समूहका विद्यार्थी तथा कार्यकर्ताले कालो झण्डा देखाएका थिए ।

May be an image of one or more people, people standing and outdoors

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा