३ बर्षपछि कतारबाट फर्केका श्रीमानलाइ एयरपोर्टबाट लिएर घर जाँदै गरेकी मायादेवी घर नपुग्दै श्रीमानकै काखमा भयो मृत्यु

काठमाडौँ :

नवलपरासी बर्दघाट सुस्ता पुर्वको देवचुली नगरपालिका–१५ धौलागिरी चोकमा बुधबार बिहान बस र ट्रक ठो’क्किँदा एक जनाको मृत्यु  भयो । दुर्घटनामा एक जना घाइते भएका थिए ।

मृत्यु हुनेमा बसमा सवार रुपन्देही खैरेनी सुर्यापुरा गाँउपालिका–३ की ३७ वर्षीया मायादेवी पाण्डे रहेकी छन् ।

गम्भीर घाइते भएकी पाण्डेको उपचारको क्रममा भरतपुर स्थित कलेज अफ मेडिकल साईन्स अस्पतालमा मृत्यु भएको थियो । घाइते भएका बसमै सवार मायादेवीका श्रीमान् ४२ वर्षीय मणिराम पाण्डेको सोही अस्पतालमा उपचार भएको थियो ।

४२ जना यात्रु लिएर काठमाण्डौबाट बुटवल तर्फ जाँदै गरेको लु २ ख ४३१९ नम्बरको बस बिपरीत दिशाबाट आँउदै गरेको ना ६ ख १७२१ नम्बरको ट्रकसँग बुधबार बिहान पौने ६ बजे ठो क्किएका थियो ।

गायक हेमन्त रानाको एउटा चर्चित गीत छ, ‘सुन साइली, चालीस कटेसी रमाउँला ।’ देवदह नगरपालिका–३ सूर्यपुरा टोलका ४२ बर्षीय मणिराम पाण्डे तीन बर्ष पछि विदेशबाट आइरहेका थिए, गायक रानाको गीत गुन्गुनाउँदै । उनले विदेशबाटै श्रीमती माया देवी पाण्डेलाई फोन गरेका थिए, ‘म घर आउँदैछु , तिमी मलाई काठमाडौं एयरपोर्टसम्म लिन आउनु । त्यसपछि सँगै घर जाउँला ।’ फोनको खबरले हर्षविभोर हुँदै गत फागुन ३० गते माया काठमाडौं हिँडिन् ।

तर घटना यति दुखदायी थियो कि विदेश गएको तीन वर्षपछि श्रीमान नेपाल फर्किएका बेला एअरपोर्टमा लिन पुगेकी मायादेवीको श्रीमानको काखमै निधन हुन् पुग्यो । श्रीमानले फोन गरेर ‘म घर आउँदैछु । मलाई लिन एयरपोर्टसम्म आउनु । त्यसपछि सँगै घर जाउँला’ भनेपछि श्रीमती छोराछोरीलाई बाबा आउने खबर र बाबाले एअरपोर्ट लिन बोलाएको बताएपछि घरमा खुसियाली छाएको थियो ।

उनीहरु चढेको बस धादिङको गल्छी भन्ने स्थानमा खान खान रोकियो । पाण्डे दम्पतीले पनि खान खाए । खान खाई सकेपछि ड्राइभरले ढिला गरेकोले श्रीमान पाण्डेले भित्र नियाले । मोबाइलबाट भिडियो खिच्दै भने, ‘ड्राइभर बि यर पि एर बसेका छन् । यस्तै हो भने त घर पुराउँदैनन् क्यारे ।

श्रीमान आउने खुसियालीमा खुसि हुँदै काठमाडौमा त्रिभुवन विमानस्थल पुगेर श्रीमानलाइ लिएर घर फर्किदै गरेकी मायादेवीको खुसि केहि क्षणका लागि मात्रै भैदियो । काठमाडौंबाट फोन गरेर आमाले ‘हामी हिड्यौं बाबु नानीहरु’ भनेपछि छोरा–छोरी थप हर्षित भए । तर, उनीहरुको त्यो खुशी धेरैबेर टिकेन । उनीहरुको त्यो खुशी क्षणभरमै रोदन र चित्कारमा परिणत भयो ।

यता, घरमा कतिखेर बाबा–आमा आइपुग्नुहुन्छ भनेर छोरा–छोरीले कुरिरहे । विदेशबाट आएका श्रीमान र एयरपोर्टसम्म लिन गएकी श्रीमति ‘नाइट (रात्रि) बसमा आउँदैछन्’ भन्ने कुरा थाहा पाएका आफन्तजनले उज्यालो नहुँदै दुःखद् खबर सुन्नुप¥यो, कि ‘बस दुर्घटनामा श्रीमान पाण्डेकै काखमा श्रीमति मायादेवीको मृत्यु भयो ।’

उनीहरु आफ्नो घर आइपुग्न करिब २ घण्टा बाँकी रहँदा दुर्घटना भएको थियो । श्रीमानसहित उक्त बसमा सवार सबै यात्रुुहरु सकुशल थिए तर, श्रीमति मायादेवीको भने श्रीमान कै काखमा मृत्यु भयो । श्रीमान पाण्डे भन्छन्, ‘ड्राइभरको पछाडिको सिटमा हामी बुढा–बुढी बसिरहेका थियौं । एक्कासि ट्रक बसमा ठोक्किन पुग्यो । हाम्रो अगाडि बसेका ड्राइभरलाई केही भएन ।’

मलाई पनि सामान्य ध क्का मात्रै लाग्यो । मेरो श्रीमतिलाई ता केरै हा ने जस्तो भयो । उनी मेरा काखमा ढ’लिन् । मैले तुरुन्तै अस्पताल पुर्याए तर डाक्टरले उनलाई मृत घोसित गरिदिए । ३ बर्ष पछि श्रीमती छोराछोरीसंग खुसि मनाउन घर फर्किएको थिए तर यस्तो घटना हुन पुग्यो उनले भावुक हुँदै भने ।

‘१५ बर्ष भन्दा बढी समय विदेशमा बिताए पनि आर्थिक अवस्था सुध्रिन सकेको छैन । कमाइको पैसा श्रीमती, छोरा छोरी पाल्न र पढाउनमै ठिक्क भयो । टिनको छाना भएको सानो घर छ । यही घरवास मात्र जमिन हा,े’ पाण्डे भन्छन्, ‘चालीस कटेसी रमाउँला.. भन्ने गीत मेरा लागि जुरेन ।’

फेरि विदेश जाने कि यतै बस्ने ? भन्ने प्रश्नमा पाण्डेले भने, ‘फेरि नगएर के गरुँ, यी छोरा छोरीलाई हुर्काउनै पर्यो, पढाउनै पर्यो ।’

 

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा