नेपाल क्योकुशिन बुदो करांते साकाई इन्टरनेशनल संघको आयोजनामा राष्टब्यापी फुल कन्ट्याक्ट करांते प्रतियोगिता

नेपाल क्योकुशिन बुदो करांते साकाई इन्टरनेशनल संघको आयोजनामा यहि चैत १८ र १९ गते राष्टब्यापी फुल कन्ट्याक्ट करांते प्रतियोगिता २०७८ हुनेभएको छ।
आज एक कार्यक्रमका बिच नेपाल क्योकुशिन बुदो करांते साकाई इन्टरनेशनल संघको पत्रकार सम्मेलन सम्पन्न भएको छ ।

 

 

उक्त कार्यक्रम संघ का महासचिब अजय महर्जनले सन्चालन गरेका थिए भने कार्यक्रमको सभापतित्व कार्यबाहक अध्यक्ष सन्त कुमार बलामीले गरेका थिए ।कार्यक्रम संघकै ब्रान्च चिफ राम बहादुर बम्जन लगायत संघका अन्य प्रतिनीधी साथै विभिन्न संघ संस्था मा संबद्ध ब्याक्तित्वहरुको उपस्थितिमा सम्पन्न भएको थियो।

 

उक्त पत्रकार सम्मेलन कार्यक्रममा संघले यहि मिती २०७८र१२र१८ र १९ गते आयोजना गर्न लागेको दोस्रो
राष्टब्यापी फुल कन्ट्याक्ट करांते प्रतियोगिता २०७८ संचालन गरिएको जानकारी सहित उक्त कार्यक्रममा सहभागी हुने प्रतियोगीहरुको ब्यबस्था साथै प्रतियोगितामा सहभागी हुने प्रतियोगीको तौल सम्बन्धि जानकारी गराइएको थियो । कार्यक्रममा पहिलो दोस्रो तेस्रो र सान्त्वना गरी सम्पुर्ण बिजेता खेलाडी हरुलाई सिल मेडल प्रमाण तथा नगद पुरस्कारले सम्मानित गरिने संघका महासचिबले जानकारी गराए ।

उक्त कार्यक्रममा कम्तीमा १३ जिल्लाका १५० जना खेलाडीहरुको उपस्थिति रहने पनि संघले बताएको छ । प्रतियोगितामा ३५ केजी मुनी पुरुष ५५ केजी मुनी पुरुष ६० केजी मुनी पुरुष ६० केजी माथी खुल्ला पुरुष ५० केजी मुनी महिला ५५ केजी मुनी महिला ५५ केजी माथी खुल्ला महिला गरि ७ वटा तौल समुहमा प्रतिस्पर्धा हुने समेत जानकारी गराइएको थियो । साथै कार्यक्रममा बाहिर बाट सहभागी हुने खेलाडीहरु लाई संघले आउन जान खान र बस्नको समेत ब्यबस्था गरेको संघका महासचिबले जानकारी गराएका थिए ।

पूरा भिडीयो हेर्न यहाँ क्लिक गर्नुहोस..

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा