डा. बाबुराम भट्टराईले एसईई आवश्यक नरहेको भन्दै खारेज गर्नुपर्ने सुझाए ।

एसईई खारेजी र विकल्पबारे बहस भएको छ भने शिक्षामन्त्रीको अस्पष्ट नीतिले विद्यार्थी तनावमा परेका छन्।
माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले  चैत ६ देखि शुरु भई १७ गतेसम्म सञ्चालन हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । यस वर्षको एसइई परीक्षामा  चार लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी हुने र भएका छन्

‘म सुझाव दिन चाहन्छु– एसईई लिन आवश्यक नै छैन ।त्यो खारेज गर्दा हुन्छ । यसै पनि माध्यमिक शिक्षा १२ कक्षासम्म भइसकेपछि १० कक्षाको खास अर्थ रहँदैन । फेरि हामी ग्रेड सिस्टममा गइसकेका छौँ । त्यसैले अहिले नै तिमीहरुको परीक्षा हुँदैन । आआफ्नो स्कुलले नम्बर दिन्छ, अब उच्च शिक्षाको तयारीमा लाग भनिदिने हो भने उनीहरु निस्फ्रिक्री भएर बस्न सक्छन्,’ भट्टराईले भने ।

यता छायाँ शिक्षामन्त्री गगन थापा पनि यतिबेला एसईई खारेजीको उपयुक्त समय भएको बताउँछन् ।यसपालि परीक्षा के गर्ने भन्ने कुरा छ । १० कक्षालाई आन्तरिक मूल्याङ्कनका आधारमा ११ कक्षामा पठाऊँ, ११ लाई १२ मा पठाऊँ भन्ने कुरा आइरहेको छ ।

मेरो भनाइ यो एसईई खारेज गर्ने राम्रो एउटा मौका आएको छ, एसईई खारेज गरौँ,’ उनले भने, ‘हामीलाई यो ढाँचाको परीक्षा चाहिँदैन । किनभने अहिले कक्षा १२ बाट बोर्ड परीक्षा हुने भएकाले १० कक्षाको एकै ठाउँमा बसेर लिने परीक्षाको कुनै आवश्यकता नै छैन ।’ एसईईले सिकाइमा पनि कुनै मद्दत नगरेकाले त्यसको औचित्य नरहेको थापाको ठहर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा