काठमाडौं, ७ जेठ । लकडाउनको समयमा भनसुनका भरमा प्रेस कार्ड बनाएकाहरुले डाक्टरको घरमा चोरी गरेका छन् । उनीहरुवाट प्रहरीले हति’यार पनि वरामद गरेको छ । चोरी गरेको अभियोगमा पक्राउ परेका दुई जनावाट प्रहरीले नक्कली प्रेस कार्ड फेला पारकेो छ ।
पक्राउ पर्नेमा सनुसरीका २१ वर्षीय आश्रय रिमाल हिमाल, हम्मे भन्ने हिमाल रमाइली र बाराका २८ वर्षीय अलि आलम मिया रहेको प्रहरीले जनाएको छ । एउटा टिभीको प्रेस कार्ड बनाएका उनीहरुले त्यसैको आधारमा सडकमा हिड्ने गरेका थिए । लकडाउनका समयमा कसैले रोके उनीहरुले सोही कार्ड देखाउने गरेका थिए ।
महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी ईश्वर कार्कीका अनुसार लकडाउनका बेला उनीहरुले राति तथा दिनमा पनि चोरी गरेको पाइएको छ । प्रेस कार्ड वोकेर हिडेका उनीहरुले राति र दिउसोको समयमा चोरीमा संलग्न पाइएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुवाट प्रहरीले हतियार पनि वरामद गरेको जनाएको छ । उनीहरुले ५१ ब्वाइज होस्टलबाट चार वटा ल्यापटप र चाबहिलको भत्केको पुलस्थित डा। सुविनको मानन्धरको घरबाट म्याक बुक र एप्पलको आई प्याड चोरी गरेको अनुसन्धानवाट खुलेको जनाएको छ ।
महाशाखा र महानगरीय प्रहरी वृत्त, गौशालाबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । सो घटनामा भएको घटनाको अनुसन्धान खटिएको सो टोलीले उनीहरुको संलग्नता फेला पारेको जनाएको छ । प्रहरीले अनुसन्धानका क्रममा सोधपुछ गर्दा नक्कली प्रेस कार्ड देखाएका थिए ।
त्यसक्रममा खनतलासी लिँदा उनीहरुको साथबाट विभिन्न ब्राण्डका ल्यापटप, क्यामरा, नगद ५३ हजार, ३०० डलर, २०० युआनसहित धा’रिलो हति’यारसमेत फेला परेको प्रहरीले जनाएके छ ।