नेपालको नयाँ नक्सा भारतद्वारा अस्वीकार, दियो यस्तो धम्कि !

काठमाडौं । नेपाल सरकारले बुधबार सार्वजनिक गरेको देशको नयाँ नक्सालाई भारतले अस्वीकार गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले लिम्पियाधुरा र कालापानी क्षेत्रलाई समेटेर सार्वजनिक गरेको नयाँ नक्सालाई स्वीकार नगर्ने बताएका हुन् ।

मिडियाकर्मीहरुको प्रश्नमा श्रीवास्तवले उक्त नक्सा नस्वीकार्ने जनाएको भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘नेपाल सरकारले जारी गरेको परिमार्जित नक्सामा भारतीय भूमिको हिस्सा समावेश गरिएको छ । यो एकपक्षीय कदम ऐतिहासिक तथ्य र प्रमाणका आधारमा छैन । यो सीमा समस्यालाई कुटनीतिक छलफलको माध्यमबाट समाधान गरिने दुई पक्षीय समझदारी विपरित रहेको छ । यो भौगोलिक दाबीको कृत्रिम विस्तारलाई भारतले स्वीकार गर्दैन ।’

श्रीवास्तवले भने, ‘सीमा विवाद कूटनीतिक संवादद्वारा समाधान गर्ने द्विपक्षीय समझदारीविपरीत यो आएको छ, सीमाको यो कृतिम दाबी भारतले स्वीकार गर्दैन।‘ श्रीवास्तवले नेपाल भारतको पोजिसनप्रति जानकार रहेको दाबी पनि गरेका छन्। उनले नेपाल सरकारसँग ‘यो अपुष्ट दाबीबाट हट्न’ पनि आग्रह गरेका छन्। भारतको सार्वभौमसत्ता र सीमालाई सम्मान गर्न पनि उनले नेपाल सरकारसँग आग्रह गरेका छन्।

नेपाली नेतृत्वले यसबारे कूटनीतिक वार्ताको सकारात्मक वातावरण बनाएर सीमा विवाद सुल्झ्याउने भारतको अपेक्षा रहेको पनि श्रीवास्तवले उल्लेख गरेका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बुधबार नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेकी थिइन् ।

भारतले नेपालको यो निर्णयलाई एकतर्फी भएको भन्दै भौगोलिक दावीलाई अस्वीकार गर्ने समेत जनाएको छ । नेपालले नयाँ नक्शामा समावेश गरेका भूभाग ऐतिहासिक तथ्य र प्रमाणसँग मेल नखाने दावीसमेत भारतको छ ।
भारतले भारतको सम्प्रभुता र क्षेत्रिय अखण्डतामाथि सम्मान गर्न पनि नेपाल सरकारलाई आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा