जेठ मसान्तसम्म हवाइ उडान तथा सीमा नाका बन्द गर्ने निर्णय

सरकारले जेठ अन्तिमसम्म सम्पूर्ण हवाई उडानमा रोक लगाउने निर्णय गरेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बुधबार बसेको बैठकले घरेलु तथा अन्तर्राष्टिय हवाई उडानमा लगाएको रोक जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो । जेठ २० गतेसम्म लकडाउन लम्बिरहेको बेला सो समितिले हवाई उडानलाई जेठ मसान्तसम्म रोक लगाउने निर्णय गरेको हो ।

लकडाउन केही खुकुलो बनाएको भारतले अब आन्तरिक उडान खुला गर्ने घोषणा गरेको छ । भारतीय नागरिक उड्डयन मन्त्री हरदीप सिंह पुरीले २५ मे (जेठ १२) बाट हवाई सेवा सूचारु गर्ने तयारी गर्न सबै विमानस्थल र वायुसेवा कम्पनीलाई निर्देशन दिएका छन् ।

भारतमा ३१ मेसम्म लकडाउन बढाइएको छ । तर, राजधानी नयाँ दिल्लीसहित कतिपय शहरमा शर्तसहित लकडाउन खुकुलो भएको छ । यहाँ सार्वजनिक यातायात समेत संचालनमा आइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा