महानायको भारतलाई झटारो, ‘इतिहास पल्टाएर हेर, लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भू-भाग हो’ (भिडियो हेर्नुस्)

काठमाडौं । भारतीय मिडिया नेपाल र नेपाली नागरीक विरुद्ध निकृष्ट शैलीमा उत्रिएपछि नेपालमा पनि त्यसले तरंग उत्पन्न गरेको छ । नेपाल सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेत समावेश गरी नयाँ नक्सा सार्वजनिक गरे पछि भारतमा त्यसले हलचल मच्चाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको नक्सा अस्वीकार्य भन्दै प्रतिकृया दिएका छन् भने भारतीय मिडियाले नेपालको सार्वभामीकलाई जोडेर आपत्तीजनक अभिब्यक्ति दिइरहेका छन् ।

उनीहरुले नेपाललाई चीनसंग जोडेर आपत्तीजनक आरोप लगाएका छन् । भारतमा भएको त्यस्तो टिप्पणीको सामाजिक सञ्जालमा विरोध सुरु भएको छ । राष्ट्रियताको विषयलाई लिएर अहिले नेपाली कलाकारले पनि आवाज उठाउन थालेका छन् । नेपाली महिलालाई अपमानजनक शब्द प्रयोग गरीएको भन्दै नायीका रेखा थापाले भारतीय अभिनेत्री अनुष्का शर्माको विरोध सुरु गरेकी थिइन् । उनले निर्देशन गरेको एउटा टेलिसिरियलमा नेपाली महिलालाई अपमानजनक शब्द प्रयोग गरेपछि त्यसको विरोध भएको थियो ।

भारतीय मिडियाले नायिका मनिषा कोइरालाले गरेको एक ट्विटको विषयलाई लिएर भारतीय मिडिया उनलाई तल्लो स्तरको गाली गलौजमा उत्रिएका छन् । उनीहरुले नायीका कोइरालालाई चीनको इशारामा यस्तो ट्वीट गरेको आरोप लगाएका छन् । नायीका कोइरालालो परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले गरेको ट्वीटको समर्थन गरेकी थिइन् । उनले त्यो ट्वीटको समर्थन गर्दै कुटनीतिक रुपमा समस्या समाधान गर्न सुझाव दिएकी थिइन् । सो ट्वीट पछि भारतीय मिडियामा उनलाई तल्लो स्तरमा उत्रिएर गाली सुरु भएको हो ।

यो विषयमा नेपाली चलचित्रका चर्चित नायक राजेश हमालले पनि आफ्नो भनाइ सार्वजनिक गरेका छन् । नायक हमालले फेसबुकमा भिडियो नै सार्वजनिक गर्दै आफ्नो भनाइ राखेका छन् । हमालले अंग्रेजी भाषामा सार्वजनिक गरेको आफ्नो विचारमा भनेका छन्–‘छिमेकी मित्रराष्ट्र भारतको पछिल्लो गतिविधिले हामी सबै नेपालीलाई मर्माहत बनाएको छ । इतिहास नै साक्षी छ कि, लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भू-भाग हो ।’

उनले नेपालको मानमर्दन हुने गरी भारतीय मिडियाले गरेको यस्तो हल्ला आफुहरुलाई स्वीकार्य नभएको बताएका छन् । उनले सम्पूर्ण नेपाली जनताले आफ्नो सीमाको विषयमा कुनै पनि खालको सम्झौता नगर्ने स्पष्ट पारेका छन् । उनले भारतलाई इतिहास पल्टाएर हेर्न चेतावनी दिँदै नेपाल र भारतबीच उठेको सिमानाको समस्याले सिङ्गो देशका नागरिकलाई जस्तै आफूलाई पनि मर्माहत बनाएको बताएका छन् ।

उनले भनेका छन्–‘भारतले सिमानाको समस्यालाई इतिहास, तथ्यांक र प्रमाणको आधार हेरेर कूटनीतिक तवरमा समस्या समाधान गर्न आवश्यक छ । सिमानाको समस्याले गर्दा नेपाली जनतामा उठिरहेको आक्रोशलाई शान्त बनाउन भारतले सहयोगी भावका साथ कदम चाल्न जरुरी छ ।’

(भिडियो हेर्नुस्)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा