बिनोद अधिकारी
काठमाडौँ: ओखर एक मात्र यस्तो फल हो, जसमा मानिसका लागि अत्यावश्यक ओमेगा ३, ओमेगा ६ र अल्फा लिनोलेनिक एसिड प्रशस्त मात्रामा प्राप्त हुन्छ । ओखरमा भिटामिन B, भिटामिन E, म्याग्नेसियम, जिंक, कपर, आइरन, क्याल्सियम अनि पर्याप्त एन्टि–अक्सिडेन्ट र प्राकृतिक मिनरल हुन्छ । एक मुठी ओखरमा ४ ग्राम प्रोटिन, २ ग्राम फाइबर र म्याग्नेसियम ९१० प्रतिशत डीबी हुन्छ ।
पुरुषको शुक्रकीट बढाउनमा समेत ओखर सेवनले महत्त्वपूर्ण भूमिका खेल्छ । पुरुषको प्रजनन स्वास्थ्य र प्रजनन क्षमतामा ओखरले सकारात्मक प्रभाव पार्छ । एउटा अध्ययनअनुसार, दिनहुँ ७५ ग्राम ओखर खाए २१ देखि ३५ वर्षसम्मका स्वस्थ पुरुषको समूहमा शुक्रकीटको जीवनशक्ति, गतिशीलता र सामान्य आकृतिमा सुधार हुँदै जान्छ ।
ओखर खाँदा मस्तिष्क चुस्त हुन्छ, स्मरणशक्ति तीक्ष्ण हुन्छ । पोषक तत्त्वले परिपूर्ण, प्रोटिनको राम्रो स्रोत हुने भएकाले ओखर वर्षभरि नै खान सकिन्छ । जर्नल अफ न्युट्रिसनमा प्रकाशित एउटा अध्ययन अनुसार एक दानो ओखरमा ९२८।३५ ग्राम मा १४६ क्यालोरी हुन्छ । ओखर खानाले मुटु रोग, क्यान्सर लगायत अन्य रोगको जोखिम कम हुन्छ ।
भनिन्छ, ओखरको फाइदा यसलाई खाएको चार घण्टा पछिदेखि नै पाउन थालिन्छ । ओखर सेवनले शरीरमा कोलेस्ट्रोलको स्तरमा तीव्र गतिले कमी हुन्छ । यसले तपाईंको रक्तनलीलाई झन् बढी लचिलो बनाउन सघाउँछ । अनि शरीरमा रक्तसञ्चार सहज हुन गई मुटुमा बढी दबाब पर्दैन ।
ओखरले शरीरमा थर्मोजेनिक प्रभाव उत्पन्न गर्छ, जसले गर्दा मुटुको धमनीमा जमेको बोसो घुलनशील अवस्थामा आएर बिस्तारैबिस्तारै समाप्त हुन्छ । यसरी हाम्रो मुटुले शरीरमा रक्त सञ्चारको लागि बढी मिहिनेत गर्नुपर्दैन । ओखर खानाले अस्थमा, अर्थराइटिस, छालाका समस्याहरू, एक्जिमा र सोराइसिसजस्ता रोगबाट जोगिन सकिन्छ ।
ओखर खानाले पाचन क्रिया राम्रो हुन्छ, पेटसम्बन्धी समस्याबाट छुटकारा पाइन्छ । यो खानाले पेटका कीराहरूसमेत मर्छन् । ओखरले प्यांक्रियाज ग्रन्थीमा हुने क्यान्सरबाट समेत बचाउँछ । यसले महिलामा स्तन क्यान्सरको सम्भावनालाई कम गर्छ । खोकीले सताउँदा ओखर भुटेर खाने गरे आराम पाइने कुरो आयुर्वेदमा उल्लेख छ । घुँडा दुखे ओखरको तेलले मालिस गर्दा निको हुन्छ । ओखर खाइरहने गरे निद्रा नलाग्ने समस्या पर भाग्छ ।
ओखर सेवनले शरीरमा मेलाटोनिन हार्मोन बढी निस्किन थाल्छ । मेलाटोनिन निद्रासँग सम्बन्धित हार्मोन हो । यसले नर्भस सिस्टमको सन्देसलाई मस्तिष्कमा पठाउन र निद्रासँग जोडिएका सबै गतिविधिमा महत्त्वपूर्ण भूमिका खेल्छ । मेलाटोनिनको बढी मात्राले गर्दा निद्रा राम्ररी लाग्छ ।
ओखर खानुका ७ फाइदा
१- एक दिनमा ४ – ५ वटा ओखरको सेवन गर्नाले मुटुलाई स्वस्थ राख्नुका साथै शरीरमा कोलेस्ट्रेरोलको मात्रा कम गर्न मद्दत गर्छ ।
२- ओखरमा एन्टी अक्सिडेन्ट नामक तत्व हुन्छ जसले कपाल तथा त्वचा सम्बन्धी समस्याबाट मुक्ति मिल्नुका साथै बढ्दो उमेरमा हुने चाउरीपनाबाट छुटकारा पाउन सकिन्छ ।
३- ओखरको सेवनले मानसिक समस्या कम गर्नुका साथै तनावबाट मुक्ति मिल्छ । यसको नियमित सेवन गर्नाले मस्तिष्कलाई स्वस्थ बनाईराख्न मद्दत गर्छ ।
४- मधुमेहका बिरामीहरुका लागि ओखरले एक औषधिको रुपमा कााम गर्छ । त्यसैले मधुमेहका बिरामी
५- ओखरमा भिटामिन इ हुन्छ जसले त्वचा सम्बन्धी समस्याबाट मुक्ति दिलाउँछ । यसले छालालाई सुन्दर र स्वस्थ राख्नमा मद्दत गर्छ ।
६- ओखरमा प्रशस्त मात्रामा फाइबर हुन्छ जसले पाचनक्रियालाई मजबुत बनाउँछ । यसको नियमित सेवनले कब्जियत सम्बन्धी समस्याबाट मुक्ति मिल्नुका साथै मृर्गौलामा पत्थरी हुनबाट जोगाउँछ ।
७- ओखरमा प्रशस्त मात्रामा क्याल्सियम हुन्छ जसले हड्डी बलियो बनाउन आवश्यक पोषक तत्व प्रदान गर्दछ ।
पिरामिड प्रकासन प्र.लि. को सहयोगमा
डा. गणेश नारायण चौहान तथा एजेन्सी को सहयोग मा