नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सातजना कार्यकर्ता पक्राउ परेका छन् ।
उनीहरुलाई दार्चुला प्रहरीले नेपाली झण्डा बोकेर दार्चुलाको नौगाड गाउँपालिकाबाट सुनसेरा सिमा हुँदै कालापानी लिपुलेक अभियानमा हिँडेका समय बाटोमा पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय दार्चुलामा ल्याईदैछ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा नौगाड गाउँपालिकाका गणेश विष्ट सहित सातजना छन् । उनीहरुलाई प्रहरी चौकी दल्लेकबाट सईको नेतृत्वमा गएको टोलीले नियन्त्रणमा लिएको हो ।