कोरोना भाइरसविरुद्धको लडाइँका लागि सहयोग जुटाउन फिफाले च्यारिटी फुटबल खेल आयोजना

अन्तर्राष्ट्रिय फुटबल महासंघले ‘च्यारिटी’ फुटबल खेल आयोजना गर्ने निर्णय गरेको छ । कोरोना भाइरसविरुद्धको लडाइँका लागि सहयोग जुटाउन फिफाले च्यारिटी फुटबल खेल आयोजना गर्न लागेको हो ।

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विश्वव्यापी स्वास्थ्य अवस्थाले अनुमति दिनेबित्तिकै खेल आयोजना हुने बताउनुभएको छ । फिफा फाउन्डेशनले उक्त खेलको समय, स्थान, सहभागी र स्वरुपसहितको विस्तृत विवरण तय गर्नेछ ।

अन्तर्राष्ट्रिय सङ्गठन र सम्बन्धित देशका सरकारसँग निर्देशिका, स्वास्थ्य मापदण्डलगायतका विभिन्न पक्षमाथि छलफल भइरहेको उहाँले प्रष्ट्याउनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनको पहलमा ‘कोभिड–१९ विरुद्धको उपचार, खोप र निदान कार्य सबैका लागि’ लक्ष्यसहित च्यारिटी खेल आयोजना गर्न लागिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा