१९ सयभन्दा बढी नेपाली कर्णाली नाका हुँदै भारतबाट आए !

सुर्खेत – कर्णाली नाका हुँदै भारतबाट १९ सयभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् ।

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीका अनुसार बबई नाका हुँदै १ हजार ९ सय ३० जना नेपाली बिहीबार स्वदेश फिरेका छन् ।

नेपाल आएकाहरूमा दैलेखका ८ सय २९ जना, सुर्खेतका ४ सय ९६, सल्यानका ४ सय ५८, जाजरकोटका ८१, कालिकोटका ५४ र जुम्लाका ११ जना छन्।

उनीहरुलाई आरडीटी परीक्षण गरी सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा अनिवार्य रुपमा बस्ने व्यवस्था मिलाइएको मन्त्री भण्डारीले जानकारी दिए। भारतबाट आएकाहरुको बबई, सुर्खेत, दैलेख र सुर्खेतका सीमावर्ती क्षेत्रमा आरडीटी गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा