रमेश लेखकले भने- मैले प्रहरीलाई गोली चलाउन आदेश दिएको थिइनँ, पीडाबोधले राजीनामा दिएको हु

काठमाडाैं । तत्कालिन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले आफुले प्रहरीलाई गोली चलाउन आदेश नदिए पनि पदीय नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन् ।

उच्चस्तरीय छानबिन आयोगमा बयान दिएर फर्किएका लेखकले गृहमन्त्रीले आदेश दिने कानुनी व्यवस्था र अभ्यास छैन, तर पनि पदीय नैतिकताका आधारमा राजीनामा दिएको बताएका हुन् ।

शान्तिपूर्ण आन्दोलनमा पूर्वनियोजित रूपमा घुसपैठ भएपछि हिंसात्मक बनेको जेनजी आन्दोलनमा थुप्रै मानवीय हतहती भएपछि असैह्य पीडा महशुस गरी राजिनामा दिएको उनको भनाइ छ ।

लेखकले आफू लोकतन्त्रवादी भएकाले घटना छानबिन गर्ने आयोगमा मात्रै होइन, जनताको आयोगमा पनि आफू बयान दिन तयार रहेको बताए ।

उनले भने, ‘आयोगले भदौ २३ र २४ गते भएका घटनाहरूका् निष्पक्ष, वस्तुनिष्ट, तथ्यपरक, पूर्वाग्रहरहित ढंगले सम्पूर्ण कुराहरूको विश्लेषण गरेर अत्यन्त सुक्षम ढंगले अध्ययन गरेर आफ्नो प्रतिवेदन तयार गरोस् । म फेरि पनि बोलाए बयानका लागि जान तयार छु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा