रास्वपाको समानुपातिक प्रारम्भिक निर्वाचनमा रमेश प्रसाईं र रञ्जु दर्शनाले पाए लोकप्रिय मत

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक प्रारम्भिक निर्वाचनमा पुरुषतर्फ रमेश प्रसाईं र महिलातर्फ रञ्जु दर्शनाले लोकप्रिय मत पाएका छन् ।

रास्वपाले सोमबार सार्वजनिक गरेकाे प्रारम्भिक मतदानको परिणाम अनुसार रमेश प्रसाईं १८ हजार २२३ मत पाएर निर्वाचित भएर पहिलाे बनेका हुन् । पत्रकारिता छाडेर रास्वपाको राजनीतिमा होमिएमा सिन्धुपाल्चोकका प्रमोद न्यौपाने दोस्रो लोकप्रिय अर्थात् प्रसाईंपछि सर्वाधिक १४ हजार १६७ मत पाएका छन्।

महिलातर्फ पहिलाे भए पनि हालै मात्रविवेकशीलबाट रास्वपा प्रवेश गरेकी रञ्जु दर्शना समग्रमा तेस्रो स्थानमा छिन् ।

यस्तै टीका संग्रौला (ज्वाला) ले १३ हजार १०६ मत, लीमा अधिकारीले १२ हजार ७६० मत पाएकी छन् भने विकेकशीलबाट रञ्जुसँगै रास्वपामा आएकी समीक्षा बास्कोटाले १२ हजार ४६० मत पाएकी छन् ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा