सोमबार बेलुकासम्म ९ राजनीतिक दलले बुझाए बन्दसूची

काठमाडौं । निर्वाचन आयोगमा नौ राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको बन्दसूची बुझाएका छन् । आयोगका अनुसार सोमबार बेलुका ५ बजेसम्म ९ वटा राजनीतिक दलले बन्दसूची दर्ता गराइसकेका छन् ।

बन्दसूची बुझाउने दलहरूमा नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माक्सवादी–पुष्पलाल), गतिशील लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल, समावेशी समाजवादी पार्टी र समावेशी समाजवादी पार्टी नेपाल रहेका छन् ।

फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउने अन्तिम दिन भएकाले आज निर्वाचन आयोगमा दलका प्रतिनिधिहरूको चहलपहल बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा