समानुपातिक सूची बुझाएसँगै देश निर्वाचनमा होमियो : मन्त्री खरेल

काठमाडाैं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा सहभागी हुने राजनीतिक दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएसँगै मुलुक सम्पूर्ण रूपमा निर्वाचनमा होमिएको बताएका छन् ।

स्मार्ट हुलाक घोषणा एवम् शुभारम्भ कार्यक्रलाई सम्बोधन गर्दै मन्त्री खरेलले सबै दलबाट सूची दर्ता भएसँगै निर्वाचन प्रक्रिया औपचारिक रूपमा अगाडि बढेको उल्लेख गरे । उनले विषम परिस्थितिमा पनि निर्वाचन हुँदै आएकाले यसपटक पनि सुरक्षा निकाय पूर्ण तयारी अवस्थामा रहेको र शान्ति सुरक्षाको वातावरणमा कुनै समस्या नरहेको दाबी गरे ।

मन्त्री खरेलले निर्वाचनको पहिलो सर्त नै शान्ति सुरक्षा भएको उल्लेख गर्दै सरकारले मतदाता ढुक्क भएर मतदान गर्न सक्ने वातावरण निर्माण गरिरहेको बताए । देशको विकास र समृद्धिका लागि सबैलाई निर्वाचनमा सक्रिय सहभागिता जनाउन र योग्य उम्मेदवारलाई विजयी गराउन उनले आग्रह गरे।

हरेक निर्वाचनमा उठ्ने इ–भोटिङ तथा विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषय यसपटक पनि चर्चामा आए पनि सरकारले यसमा अझै प्रयास जारी राखेको मन्त्री खरेलको भनाइ थियो । अन्तरजिल्ला तथा वैकल्पिक मतदान प्रणालीबारे छलफल भइरहेको जानकारी पनि उनले दिए ।

कार्यक्रममा मन्त्री खरेलले सबै सरोकारवालालाई निर्वाचन सफल बनाउन आह्वान गर्दै स्मार्ट हुलाक सेवामार्फत अब हुलाक सेवा घरघरमा पुर्‍याउन सम्बन्धित निकायलाई निर्देशन दिए ।

सन्चार मन्त्रालयका सचिव राधिका अर्यालले स्मार्ट गुलाक सुरुवात गरेर गोरखा जिल्ला हुलाक पायोनियर बनेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा