काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गा सुवेदी उपचारका लागि भारत लगिएको छ ।
पिसावको संक्रमणका कारण उनी त्रिवि शिक्षणमा ४ दिनदेखि अस्पताल भर्ना भएको सुवेदी थप उपचारका लागि भारतको नयाँ दिल्ली प्रस्थान गरेका हुन्। भारत नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्सेसमा उनको उपचार हुनेछ ।
उनी एयर इन्डियाको जहाजबाट आइतबार साँझ दिल्ली गएका हुन् । उनमा पिसाबको संक्रमण, शरीरमा नुनको मात्रा कम, रिंगटा लाग्ने लगायतका समस्या देखिएको उनको पचारमा संलग्न चिकित्सकले बताए । यसअघि उनको प्रोस्टेटको शल्यक्रिया समेत भएको थियो ।
