काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको बयानका लागि जाँचबुझ आयोगले पत्र काटेको छ ।
भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले ओलीलाई बयानका लागि बोलाउँन पत्र काटेको हो । तर, कार्यालयमा बोलाइएको वा लिखित बयान लिनेबारे आयोग स्रोतले खुलाएको छैन।
ओलीले भने आफूले सार्वजनिक रुपमै बयान दिन नजाने बताउँदै आएका छन्। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेको छ । लेखकको बयान सकिएसँगै पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र लेखेको हो ।
