नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक आगामी सोमबार दिउँसो १ बजे ललितपुरस्थित बीपी नगरको केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बस्नेछ।

बैठकमा देशको वर्तमान राजनीतिक अवस्था, पार्टीका आन्तरिक गतिविधि तथा समसामयिक विषयवस्तुहरूबारे छलफल हुने जनाइएको छ। मुख्य सचिव पौडेलले केन्द्रीय कार्यसम्पादन समितिका सबै पदाधिकारी तथा सदस्यहरूलाई बैठकमा अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरेका छन्।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा