काठमाडाै । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजिनामा दिने तयारी गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका मेयर शाहले आउँदो माघ ४ गते राजीनामा दिने तयारी गरेका हुन्।
बालेनले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नु दुई दिनअघि मेयर पदबाट राजीनामा दिने तयारी गरेको बताइकाे छ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्ने दिन माघ ६ गते तोकिएको छ।
रास्वपाले आगामी निर्वाचनमा बालेनलाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरेको छ।
यसबीच बालेनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिँदै झापा–५ बाट उम्मेदवारी दिने तयारी पनि गरिरहेका छन्। यसका लागि उनले आइतबार झापाका नेताहरूसँग डेढ घन्टा छलफल गरेका थिए।





