काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौँका प्रभावशाली नेता प्रणयशम्शेर राणाले पार्टीबाट राजीनामा दिएका छन्। बिहीबार आफ्नो जिम्मेवारीबाट अलग हुँदै राणाले पार्टीको केन्द्रीय नेतृत्व र साङ्गठनिक कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका हुन्।
राणाले पार्टीमा आबद्ध भएदेखि नै आफूले आन्तरिक लोकतन्त्र, सुशासन र आर्थिक पारदर्शिताको पक्षमा निरन्तर आवाज उठाउँदै आएको दाबी गरेका छन्। तर, पार्टी केन्द्रले केवल आफ्नो अनुकूलको सङ्गठन र साङ्गठनिक संरचना बनाउन मात्रै ध्यान दिएको उनको आरोप छ।
विशेष गरी पार्टीभित्र हुने ‘प्राइमरी’ निर्वाचनमा समेत आर्थिक अपचलन भएको गम्भीर आरोप उनले लगाएका छन्। आफ्नो राजीनामाबाट देश तथा विदेशमा रहेका पार्टीका शुभेच्छुक र सङ्गठनका सदस्यहरूमा पर्न जाने असरप्रति उनले क्षमा समेत मागेका छन्।





