‘खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्’: नयाँ वर्षमा रवि लामिछानेको सन्देश

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले नयाँ वर्ष २०८३ को अवसरमा एक अर्थपूर्ण र चुनौतीपूर्ण शुभकामना सन्देश सार्वजनिक गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै लामिछानेले आगामी वर्षलाई ‘खील निकाल्ने वर्ष’ को रूपमा चित्रण गर्नुभएको हो।

लामिछानेले लेख्नुभएको छ, ‘खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्। हाम्रो तर्फबाट धेरै शुभकामना।’ बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले २०४७ सालपछिका सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति छानबिन गर्ने र भ्रष्टाचार विरुद्ध कडा कदम चाल्ने नीति लिएको सन्दर्भमा लामिछानेको यो भनाइलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ।

विशेष गरी पुराना राजनीतिक दलका शीर्ष नेताहरूमाथि अनुसन्धानको सुइरो सोझिइरहेका बेला लामिछानेले राज्य संयन्त्रमा गढेर बसेको भ्रष्टाचार र बेथितिको ‘खील’ उखेल्दा केही असहजता र पीडा हुनु स्वाभाविक रहेको सङ्केत गर्नुभएको छ। उहाँको यो छोटो तर कडा सन्देशले सामाजिक सञ्जालमा ठूलो बहस सिर्जना गरेको छ। धेरैले यसलाई ‘शुद्धीकरण अभियान’ को समर्थनका रूपमा बुझेका छन् भने कतिपयले यसलाई राजनीतिक दाउपेचको रूपमा टिप्पणी गरेका छन्।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा