काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक अहिले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी छ। बैठकले संसदीय दलको नेता चयन प्रक्रियालाई अन्तिम रूप दिने र अनुमोदन गर्ने मुख्य कार्यसूची रहेको छ।
संसदीय दलको बैठकअघि बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा दलको नेताका रूपमा भीष्मराज आङ्दाम्बेको नाम प्रस्ताव गरिएको छ। दलको नेता चयनका लागि सहमति जुटाउन गत शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको थियो। सोही समितिको पहल र गृहकार्यपछि आङ्दाम्बेको नाम अघि सारिएको हो।
अहिले बसिरहेको संसदीय दलको बैठकले कार्यसम्पादन समितिबाट आएको उक्त प्रस्तावलाई औपचारिक रूपमा अनुमोदन गर्ने तयारी गरेको छ। दलको नेता चयनमा देखिएको रस्साकस्सीका बीच सर्वसम्मत रूपमा नेतृत्व चयन गर्न कांग्रेसले यो रणनीति अपनाएको बुझिएको छ।




