कांग्रेस इतर समूहको तीन दिने राष्ट्रिय भेला आजदेखि सुरु हुँदै: पूर्वसभापति देउवा प्रमुख अतिथि

काठमाडौँ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूहको तीन दिने ‘राष्ट्रिय भेला’ आज (शुक्रबार) देखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना हुने उक्त राष्ट्रिय भेलाको उद्घाटन सत्रमा प्रमुख अतिथिका रूपमा पूर्वसभापति शेरबहादुर देउवा सहभागी हुने तय भएको छ।

राष्ट्रिय भेला आयोजक समितिका अनुसार आज दिउँसो १:०० बजे भेलाको भव्य रूपमा उद्घाटन गरिनेछ। पहिलो दिन उद्घाटन समारोह सम्पन्न भएपछि बाँकी दुई दिन पार्टीको नीति, विधान, समसामयिक राजनीतिक अवस्था र साङ्गठनिक सुदृढीकरणका विषयमा बन्द सत्रमार्फत गहन छलफल हुने कार्यतालिका तय गरिएको छ।

भेलालाई व्यवस्थित बनाउन आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ। साउन ३१ गतेसम्म चल्ने यस राष्ट्रिय भेलामा देशभरबाट महाधिवेशन प्रतिनिधि, प्रदेश, जिल्ला तथा क्षेत्रीय तहका गरी पाँच हजारभन्दा बढी नेता तथा कार्यकर्ताहरूको प्रत्यक्ष सहभागिता रहने अनुमान गरिएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा