प्रेस संगठनको भेलामा प्रधानमन्त्रीले यसो भनेर हसाए पत्रकारलाई, यो पटक नयाँ उखान

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस संगठनको भेलालाई सम्बोधन गरेका छन् । उनले त्यहाँ नयाँ तुक्का फालेका छन् । हरेक सम्बोधनमा केही नयाँ उखान गर्ने उनले यो पटक भने सिनेमाबारेको तुक्का प्रयोग गरेका छन् ।

केही मान्छे फिलिम देखाउन आउँछन् । सिनेमामा के हुन्छ? हिरो हुन्छ । हिरोइन हुन्छ लभ पर्‍या छ । हिरोइन घा इ ते हुन्छे ।

हिरो व्या कु ल पर्छ । तर केही पनि होइन,’ प्रधानमन्त्रीले यसो भन्दा पत्रकारहरु भरिएको हलमा हाँसो गुञ्जिएको थियो ।

बोक्न सके रातो झण्डा बोक, के कालो झण्डा देखाउछौ भन्दै प्रधानमन्त्रीले उनीविरुद्ध कालो झण्डा देखाएर हिँड्नेहरुप्रति व्यङ्ग्य गरेका छन् । प्रेस संगठन नेपालको आफू पक्षीय भेलालाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘हामी पेरिसडाँडामा बसेर कालो झण्डा उडाउनेहरु मध्ये होइनौं । हामी सडकमा कालो झण्डा देखाउनेहरु होइनौँ,ु उनले भने, ‘हामी रातो झण्डा फहराउने हौं ।’

प्रचण्ड माधव नेपाल समूहले जनतालाई सिनेमा देखाइरहेको प्रधानमन्त्रीले आरोप समेत लगाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा