दाहाल-नेपाल समूहको आज काठमाडौँमा शक्ति प्रदर्शन,

प्रतिनिधिसभा विघटनपछि विभाजित बनेको सत्तारूढ नेकपाको दाहाल-नेपाल समूहले आज काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछ ।

नारायणकाजी श्रेष्ठको नेतृत्वमा गठित केन्द्रीय संघर्ष समितिले  आज काठमाडौँमा हुने  ‘वृहत शक्ति प्रदर्शन’ मा कार्यकर्तालाई उपस्थित गराउन प्रदेश, जिल्ला र जनवर्गीय संगठनलाई सर्कुलर गरेको छ ।

पार्टीका स्थायी कमिटी सदस्यहरूको नेतृत्वमा काठमाडौंका बिभिन्न ९ स्थानबाट निस्कने जुलुस राष्ट्रिय सभागृह अगाडि पुगेर सभामा परिणत हुनेछ ।

माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका र बाल्मिकी क्याम्पसबाट जुलुस निकालिने तयारी भएको छ ।

जुलुसको नेतृत्व प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य गणेश साह, गिरिराजमणि पोखरेल, मातृकाप्रसाद यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, वर्षमान पुन, वेदुराम भुसाल भीमबहादुर रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाईँ, देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्रप्रसाद पाण्डे, कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, घनश्याम भुसाल, जनार्दन शर्मा, योगेशकुमार भट्टराईलगायतले गर्नेछन् ।

जुलुसपछिको सभालाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललगायतका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा