उद्देश्यभन्दा सत्ता रोज्दा कांग्रेस नागरिकबाट टाढियो : सभापति गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीले उद्देश्यभन्दा सत्तालाई प्राथमिकता दिँदा नागरिकसँगको सम्बन्ध र विश्वास कमजोर बनेको स्वीकार गरेका छन्। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत सोमबार सुरु भएको बन्द सत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै सभापति थापाले विगतको योगदानमा मात्र भर परेर अबको राजनीति धान्न नसकिने भन्दै निर्मम आत्मसमीक्षा गर्नुपर्ने औंल्याएका छन्।

प्रतिवेदनमा उनले नागरिकको असन्तोष र आक्रोशलाई कुनै दल वा शक्तिको निजी सम्पत्ति मान्न नसकिने स्पष्ट पारेका छन्। सत्तामा बस्नेले जनताको आवाजलाई षड्यन्त्र भनेर पन्छाउन नमिल्ने र नयाँ राजनीतिक शक्तिहरूले पनि जनआक्रोशको एकल स्वामित्व दाबी गर्न नपाउने उल्लेख गर्दै थापाले नागरिकको स्वतन्त्र विवेकलाई सबैले सम्मान गर्नुपर्ने धारणा राखेका छन्।

पार्टीलाई पुनः नागरिकसँग जोड्न सत्ता, संगठन र राजनीतिक कार्यशैलीमै आधारभूत रूपान्तरण ल्याउनुपर्नेमा उनले जोड दिएका छन्। साथै, युवा पुस्ताको नीतिगत माग र जनअसन्तोषको अन्तर्निहित कारणबारे वस्तुनिष्ठ अध्ययन गर्न स्वतन्त्र विज्ञहरू सम्मिलित विशेष कार्यदल गठन गर्ने र त्यसको सुझावलाई पार्टीको नीति निर्माणमा अनिवार्य लागू गर्ने प्रस्ताव समेत उनले अघि सारेका छन्।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा