अनेरास्ववियु वालिङ क्याम्पस अध्यक्षमा पङ्गेनी,

वालिङ, १३ पुस ।  अनेरास्ववियु वालिङ् क्याम्पसको २३ औ अधिवेसन मंगलबार सम्पन्न भएको छ । अधिवेसनले बिष्णु पङ्गेनीको  अध्यक्षतामा ३९ सदस्यीय अनेरास्ववियु वालिङ क्याम्पस कमिटि गठन गरेको छ ।

उपाध्यक्षमा प्रदीप भन्डारी , सचिवमा मिलन अर्याल , सहसचिवमा ललिता चापागाईं र कोषाध्यक्षमा बिस्नु पङ्गेनी रहनुभएको छ भने अन्य सदस्यहरु रहेका छन् ।

कार्यक्रममा अनेरास्ववियु पुर्ब अध्यक्ष किशोर बिक्रम मल्ल , अनेरास्ववियू केन्द्रिय कमिटि सदस्य तथा पुर्ब जिल्ला संयोजक रामु सापकोटा , जिल्ला अध्यक्ष सगुन राना, अनेरास्ववियु वालिङ् क्याम्पस पुर्ब संयोजक दिनेश खनाल ,अनेरास्ववियु वालिङ् नगर कमिटी अध्यक्ष मिलन बसेल लगाएतका वक्ताले बोल्नुभएको थियो भने कार्यक्रम संचालन अनेरास्ववियु वालिङ क्याम्पस पुर्ब सचीव समीर रेग्मीले गर्नु भएको थियो ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा