२०८० वैशाख ३१ गतेको राशिफल

२०८० वैशाख ३१ गते, आइतवार, १४ मे २०२३। ज्येष्ठ कृष्णपक्ष नवमी तिथि

तपाईँको आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मेष राशि हुनेहरूका लागि आजको दिन पहिलेको श्रम र लगानीबाट फाइदा हुनेछ भने सम्पादित कामको मूल्यांकनले जिम्मेवारी समेत दिलाउनेछ। 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि कर्मसञ्चय गर्ने समय छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)मिथुन राशि हुनेहरूका लागि आजको दिन अरूको मुख ताक्नाले पछि परिनेछ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ।

कर्कट (हि. . है, हो, डा, डि, डू, डे, डो)कर्कट राशि हुनेहरूका लागि आजको दिन परिबन्धले चुनौती निम्त्याउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)सिंह राशि हुनेहरूका लागि आजको दिन अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। मिहिनेतको फल प्राप्त हुनेछ। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो )कन्या राशि हुनेहरूका लागि पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते )तुला राशि हुनेहरूका लागि आजको दिन अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि गरेको कामले आशा भने जगाउनेछ। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, वि. पु)वृश्चिक राशि हुनेहरूका लागि आजको दिनपहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)धनु राशि हुनेहरूका लागि आजको दिन  प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्।

मकर (जि, खि, खु, खे, खो, गा, गि)मकर राशि हुनेहरूका लागि आजसोखले खर्च बढाए पनि मालमत्ता जोड्ने समय छ। आर्थिक कारोबारतर्फ लाभ मिल्नेछ। तर खर्च बढ्नेछ। आज बाहिरिएको धन भने फिर्ता 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)कुम्भ राशि हुनेहरूका लागि आजको दिन स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ तर स्वास्थ्यका लागि सजग रहनुहोला। विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि कामले प्रतिष्ठा दिलाउनेछ। 

मीन (दि, दु, झ, ञ, दे, दो, च, चि)मीन राशि हुनेहरूका लागि आज अर्थअभावले विशेष काम रोकिन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ।

आदरणीय भक्तमनहरू तपाईँको राशिफल जे जस्तो भए पनि सबैको आजको दिन शुभ रहोस।

— शास्त्री संयोग बस्याल

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा