आजको पञ्चाङ्ग,तपाईँको राशिफल

आजको  पञ्चाङ्ग

वि.सं. २०८० साल ज्येष्ठकृष्ण औँसी तिथि,५ गते शुक्रबार,
तदनुसार मे १९ ,२०२३ ।
आज विहान ०५:१४ मिनेट जाँदा  सूर्योदय  हुनेछ भने साँझ  ०६:४८ मिनेट जाँदा सूर्यास्त हुनेछ।
आज  चतुष्पद नामको करण रहेको छ भने  भरणी नाम गरेको नक्षत्र रहेको छ।
त्यसैगरी शोभन नामको योग रहेको छ ।
त्यस्तै मेष राशिमा चन्द्रमा रहनेछन्।

राशिफल

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि हुनेहरूका लागि आजको दिन शुभलाभ हुनेछ ।रोकिएका कामहरू छिटै बन्नुका साथै पर्यटकीय स्थलको भ्रमणले मन हराभरा हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशि हुनेहरूका लागि आजको दिन मन खिन्न हुन सक्छ।विश्वास गरेको साथीभाइले धोका दिन सक्नेछन् भने अनावश्यक खर्च पनि बढ्न सक्छ।ध्यान पुर्याउनुहोला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशि हुनेहरूका लागि आजको दिन अधुरा कामहरू पूर्ण हुनुका साथै आफ्नो कला ,गला र क्षमताले अरूको मन लोभ्याउन सकिनेछ।

कर्कट (हि. . है, हो, डा, डि, डू, डे, डो)

कर्कट राशि हुनेहरूका लागि  आजको दिन सन्तान सुखको प्राप्ति हुनेछ।व्यावसायिक कार्यमा सफलता मिल्नुका साथै अवसरहरूले पछ्याउनेछन्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशि हुनेहरूका लागि आजको दिन मनोरञ्जनात्मक यात्रामा जुटिएला।धार्मिल कार्यमा मन लाग्नेछ भने घरमा फलामजन्य साधन जुटाउने योग रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो )

कन्या राशि हुनेहरूका लागि  आजको दिन मनमा अनेकौँ ख्यालहरू आउनेछन्।सम्बन्धमा नैराश्य छाउनेछ।आँटेको कार्य पूरा नहोला।हानी नोक्सानी समेत व्यहोर्नुपर्ला सजग हुनुहोला।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते )

तुला राशि हुनेहरूका लागि आजको दिन नजिकको मित्रबाट साथ पाइनुका साथै आफ्नो कामले अरूलाई रिझाउन सकिनेछ।सुखद यात्राको पनि योग रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, वि. पु)

वृश्चिक राशि हुनेहरूका लागि आजको दिन विभिन्न सभा समारोहमा सरिक हुने समय छ।प्रेमिल घुमघाम पनि हुन सक्नेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशि हुनेहरूका लागि आजको दिन प्रेम र प्रणयका लागि भरपुर सुखद समय रहेको छ।एउटै कामबाट धेरै फाइदा लिन सकिनेछ।नयाँ कामको थालनी समेत हुनेछ।

मकर (जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि हुनेहरूका लागि आजको दिन प्रेम सम्बन्ध त्यति सबल हुनेछैन।खिन्न मनले गर्दा कामहरू बिग्रन सक्छ तर साँझपख भने शुभ सूचना सुन्न पाइनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशि हुनेहरूका लागि आजको दिन  आँटेको कार्य छिटै नै पूरा हुनेछ।संघ,संस्थाबाट मान सम्मान पाइनेछ।राम्रो कामको प्रशंसा सहित प्रचार हुनेछ।

मीन   (दि, दु, झ, ञ, दे, दो, च, चि)

मीन राशि हुनेहरूका लागि आजको दिन पारिवारिक सद्भाव बढ्नेछ।नयाँ ज्ञान तथा सीप सिक्ने समय छ।धार्मिक कार्यमा मन जानेछ भने प्रेमी वा प्रेमिकाको साथ सहयोग मिल्नेछ।

आदरणीय भक्तमनहरू तपाईँको राशिफल जे जस्तो भए पनि आजको दिन विष्णु भगवान्को स्मरण गरी दिनको सुरुवात गर्नुहोला।अवश्य राम्रो हुनेछ।

शास्त्री संयोग बस्याल
( परामर्शका लागि – sangambasyal427@gmail.com)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा