आजको पञ्चाङ्ग,तपाईँको राशिफल

आजको  पञ्चाङ्ग

वि.सं. २०८० साल ज्येष्ठशुक्ल पञ्चमी तिथि , ११ गते बिहीबार,
तदनुसार मे २५,२०२३ ।
आज विहान ०५:१२ मिनेट जाँदा  सूर्योदय  हुनेछ भने साँझ  ०६:५१ मिनेट जाँदा सूर्यास्त हुनेछ।
आज कौलव नामको करण रहेको छ भने पुष्य नाम गरेको नक्षत्र रहेको छ।
त्यसैगरी वृद्धि नामको योग रहेको छ ।
त्यस्तै कर्कट राशिमा चन्द्रमा रहनेछन्।

राशिफल

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि हुनेहरूका लागि आजको दिन नजिकका व्यक्तिसँग झैझगडा,कलह हुन सक्छ सजग हुनुहोला।स्वास्थ्यमा पनि गडबडी हुनेछ तर आर्थिक क्षेत्रतर्फभने सफलता प्राप्त हुन सक्छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशि हुनेहरूका लागि आजको दिन आफ्नो प्रतिभा र परिश्रमले गर्दा सफलता प्राप्त गर्न सकिनेछ।बुद्धिमतापूर्ण कार्यले गर्दा कठिन कार्य पनि सहज हुनेछन्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशि हुनेहरूका लागि आजको दिन मेहनत गरे अनुसारको उत्तम फल प्राप्त हुनेछ।सामाजिक कार्यमा  मानसम्मान मिल्नेछ भने शैक्षिक क्षेत्रमा रुची बढ्नेछ।

कर्कट (हि. . है, हो, डा, डि, डू, डे, डो)

कर्कट राशि हुनेहरूका लागि  आजको दिन भगवानप्रति श्रद्धाको भाव बढ्नेछ।मनोरञ्जनपूर्ण तथा हाँसखेलमै दिन बित्नेछ।अध्ययन र अध्यापनमा सफलता प्राप्त हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशि हुनेहरूका लागि आजको दिन मन अशान्त रहनेछ।आफूले आटेको कार्य पूरा नहुँदा तनाव उत्पन्न हुनेछ।सामान हराउने तथा कार्यमा बाधा आइपर्नेछ तथापि आफन्तको साथ पाइनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो )

कन्या राशि हुनेहरूका लागि  आजको दिन रमाइलो र फाइदाजनक यात्राको योग रहेको छ।लामो समयदेखि रोकिएका कामहरू पूर्ण हुनेछन्।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते )

तुला राशि हुनेहरूका लागि आजको  दिन छोटो तर लाभदायक यात्रा हुनसक्नेछ।साथीभाइसँगको सम्बन्ध कसिलो बन्नुका साथै परिवारजनको साथले मन रमाउनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, वि. पु)

वृश्चिक राशि हुनेहरूका लागि आजको दिन नातागोतासँगको भेटघाटले आनन्द महसुस हुनेछ।फाइदाजनक यात्रालाई नाइँ भन्न सकिनेछैन।अवसरहरूले पछ्याउनेछन्।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशि हुनेहरूका लागि आजको दिन अरूले आफ्नाबारे कुरा काट्ने अवसर पाउनेछन्।आहारविहात समयमा नपाइनाले थकान तथा तनाव महसुस हुनेछ।वैदेशिक कार्यमा भने शुभ रहेको छ।

मकर (जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि हुनेहरूका लागि आजको दिन आफ्ना लागि  थालिएका प्रतिस्पर्धात्मक कार्यहरूमा सफलता पाइनेछ।विचार  पुर्याएर कार्य गर्नाले जटिल काम पनि सहज बन्नेछन्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशि हुनेहरूका लागि आजको दिन जग्गाजमिनका कार्यका लागि शुभ रहेको छ।रोकिएका अधुरा कामहरू पूर्ण हुनेछन् भने प्रतिस्पर्धात्मक कार्यमा विजयी भइनेछ।

मीन   (दि, दु, झ, ञ, दे, दो, च, चि)

मीन राशि हुनेहरूका लागि आजको दिन धर्मकर्ममा मन जानेछ।छोटो यात्रामा सहभागी भइनेछ।सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ भने शुभकार्यको पनि चर्चा चल्नेछ

आदरणीय भक्तमनहरू तपाईँको राशिफल जे जस्तो भए पनि आजको दिन बृहस्पतिको स्मरण गरी दिनको सुरुवात गर्नुहोला।अवश्य राम्रो हुनेछ।

शास्त्री संयोग बस्याल
( परामर्शका लागि – sangambasyal427@gmail.com)

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा