आजको पञ्चाङ्ग,तपाईँको राशिफल

आजको  पञ्चाङ्ग

वि.सं. २०८० साल ज्येष्ठशुक्ल तृतीया तिथि, ८ गते सोमबार,
तदनुसार मे २२ ,२०२३ ।
आज विहान ०५:१२ मिनेट जाँदा  सूर्योदय  हुनेछ भने साँझ  ०६:४९ मिनेट जाँदा सूर्यास्त हुनेछ।
आज तैतिल नामको करण रहेको छ भने  मृगशिरा नाम गरेको नक्षत्र रहेको छ।
त्यसैगरी धृति नामको योग रहेको छ ।
त्यस्तै मिथुन राशिमा चन्द्रमा रहनेछन्।

राशिफल

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि हुनेहरूका लागि आजको दिन दम्पतिलाई सन्तानको माया प्राप्त हुनेछ।बन्दै नबनेका कार्यहरू सुल्झनेछन्।भलो चाहनेहरूको साथ पाइनेछ भने अतिथि सत्कार गर्ने अवसर पनि मिल्नेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशि हुनेहरूका लागि आजको दिन प्रेम सम्बन्ध बलियो बन्नुका साथै आँटेका कुराहरू पूरा हुनेछन्।आफन्तसँग भेटघाट हुनुका साथै शुभकार्यको चर्चा पनि चल्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशि हुनेहरूका लागि आजको दिन नयाँ नयाँ कार्ययोजनाहरू बन्नेछन्।नवीन ज्ञानको उपलब्धि हुनुका साथै मिठो यात्राको पनि योग रहेको छ।

कर्कट (हि. . है, हो, डा, डि, डू, डे, डो)

कर्कट राशि हुनेहरूका लागि  आजको दिन त्यति उत्कृष्ट जनक छैन।मालसामान हराउनुका साथै जोश,जाँगरमा कमी हुनेछ।किन्तु  मन बलियो बनाएर कार्य गरेमा असफल भइंँदैन।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशि हुनेहरूका लागि आजको दिन नयाँ योजना बनाउने समय रहेको छ।नजिकको मान्छेको सहयोगना चिताएको काम पूरा हुनेछ।धार्मिक यात्राको पनि योग रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो )

कन्या राशि हुनेहरूका लागि  आजको दिन आर्थिक क्षेत्रवाट सफलता प्राप्त गर्न सकिनेछ।विचार पुर्याएर कार्य गर्नेहरूका लागि सकारात्मक नै बन्नेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते )

तुला राशि हुनेहरूका लागि आजको  दिन बोल्नेहरूको बोली बिक्नेछ।मिलेर गरिने आर्थिक मामिलाको कारोबरमा नाफा हुनेछ।उत्साह उमङ्ग बढ्नुका साथै नयाँ जिम्मेवारी पाइन सकिनेछ।शुभकार्यको चर्चा पनि हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, वि. पु)

वृश्चिक राशि हुनेहरूका लागि आजको दिन मध्यम खालको छ।आर्थिक मामिलामालेनदेन फाप्नेछैन।साथीभाइको समर्थन भने प्राप्त हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशि हुनेहरूका लागि आजको दिन इष्टमित्रको सहयोग पाइनेछ भने चलाख भएर काम गर्नाले बोलेको कुरा पूरा हुनेछ।राजनैतिक कार्यमा सफलता मिल्नुका साथै विशेष कार्य गर्ने समय रहेको छ।

मकर (जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि हुनेहरूका लागि आजको दिन पारिवारिक सद्भाव प्राप्त हुनुका साथै मनमा हर्षोमङ्ग,जोश,जाँगर वढ्नेछ।नेतृत्वका कामहरू सफलतापूर्वक सम्पन्न हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशि हुनेहरूका लागि आजको दिन  वैदेशिक कामकारिबारका लागि उत्तम समय रहेको छ।उत्साहा,उमङ्ग,जोश जाँगर बढ्नेछ भने आँटेको कार्य पूरा हुनेछ।नयाँ कार्यको पनि शुभारम्भ हुनेछ।

मीन   (दि, दु, झ, ञ, दे, दो, च, चि)

मीन राशि हुनेहरूका लागि आजको दिन आर्थिक सङ्कटको मारमा परिनेछ भने सम्बन्धहरूमा पनि खटपट बढ्नेछ।मन कमज्क्र रहनुका साथै महत्त्वपूर्ण अवसर गुम्नेछ।

आदरणीय भक्तमनहरू तपाईँको राशिफल जे जस्तो भए पनि आजको दिन भगवान्को शिवको स्मरण गरी दिनको सुरुवात गर्नुहोला।अवश्य राम्रो हुनेछ।

शास्त्री संयोग बस्याल
( परामर्शका लागि – sangambasyal427@gmail.com)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा