मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिहानको समय केही खर्चिलो रहे पनि मध्यान्हपछि स्थितिमा सुधार आउनेछ। नयाँ अवसरहरू प्राप्त हुनेछन् भने उपहार तथा मनपर्ने भोजनको योग छ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) वैदेशिक लगानी र व्यापारबाट राम्रो मुनाफा आर्जन हुनेछ। अध्ययनको सिलसिलामा विदेश यात्राको अवसर जुर्न सक्छ। स्वास्थ्य सामग्रीको व्यापार फस्टाउनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पैतृक सम्पत्तिको प्रयोगबाट लाभ मिल्नेछ। बैंकिङ र वित्तीय क्षेत्रमा गरिएको लगानीले राम्रो नतिजा दिनेछ। इच्छा र मनोकांक्षा पूरा हुने समय छ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नोकरीमा पदोन्नति र मान-सम्मान पाउने योग छ। राजनीतिक र सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका मिल्न सक्छ। शेयर बजारमा लगानी फलदायी हुनेछ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिहान स्वास्थ्यमा ध्यान दिनुहोला। मध्यान्हपछि भने अग्रजहरूको सहयोगले रोकिएका काम बन्नेछन्। धार्मिक र बौद्धिक क्षेत्रमा रुचि बढ्नेछ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आर्थिक अवस्था सुदृढ हुनेछ। नसोचेको धन र उपहार प्राप्तिको योग छ। बोलीको प्रभाव बढ्नाले सामाजिक काममा सफलता मिल्नेछ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापारिक यात्राको सम्भावना छ। विलासी वस्तु र फेन्सी व्यापारबाट राम्रो आम्दानी हुनेछ। साझेदारी काममा लगानी बढाउँदा फाइदा होला।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) प्रतिस्पर्धामा सफल भइनेछ। पुराना स्वास्थ्य समस्या र ऋणबाट मुक्ति मिल्ने समय छ। कार्यालयको काममा वैदेशिक यात्राको योग छ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अध्ययन र प्रेममा समय सुखद रहनेछ। वित्तीय क्षेत्रको लगानीबाट आम्दानी बढ्नेछ। समाजसेवामा जनताको राम्रो समर्थन प्राप्त हुनेछ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) घरजग्गा र सवारी साधनको खरिदबिक्रीबाट लाभ मिल्नेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। शेयर बजारको लगानीबाट सोचेजस्तै लाभ होला।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) दाजुभाइ र छिमेकीसँगको सम्बन्ध रमाइलो रहनेछ। पराक्रम बढ्नेछ र उद्योग तथा व्यापारमा दीर्घकालीन आम्दानी सुनिश्चित गर्ने अवसर मिल्नेछ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बोलीको प्रभावले धन आर्जन हुनेछ। नयाँ कामको थालनी र बौद्धिक क्षेत्रमा प्रगति हुनेछ। सुखद समाचारले मन उत्साहित रहनेछ।





