राष्ट्रिय सभा निर्वाचन अन्तर्गत देशैभरि मतदान सुरू

काठमाडाैं । फागुन २० गतेदेखि रिक्त हुन लागेका राष्ट्रिय सभाका सदस्यहरूको पदपूर्तिका लागि आज बिहान ९ बजेदेखि देशैभर उत्साहजनक रूपमा मतदान सुरु भएको छ।

फागुन २० गतेदेखि रिक्त हुने १७ पदका लागि आज निर्वाचन हुन लागेको हो। कुल १९ सिट खाली हुन लागे पनि कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनीलकुमार थापा निर्विरोध निर्वाचित भइसकेकाले बाँकी १७ सिटका लागि मात्रै प्रतिस्पर्धा भइरहेको छ।

आजको चुनावी मैदानमा विभिन्न राजनीतिक दलका ४४ जना उम्मेदवारहरू प्रतिस्पर्धामा छन्।

संवैधानिक व्यवस्था अनुसार राष्ट्रिय सभाका सदस्यहरूको कार्यकाल ६ वर्षको हुन्छ भने यो सदनलाई निरन्तरता दिन प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्यहरूको निर्वाचन गर्ने प्रावधान रहेको छ। कुल ५९ सदस्यीय यो सभामा आगामी फागुन २० गते १९ जना सदस्यहरूको पदावधि सकिँदैछ। जसमध्ये १८ जना सदस्यहरू निर्वाचनको माध्यमबाट चयन हुनेछन् भने बाँकी एक जना सदस्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने व्यवस्था छ।

यस निर्वाचनका लागि प्रदेश सभाका सदस्यहरू र स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू सम्मिलित विशेष निर्वाचक मण्डलको व्यवस्था गरिएको छ। मतदानको भारलाई सन्तुलित बनाउन प्रदेश सभा सदस्यको मतभार ५३ कायम गरिएको छ भने स्थानीय तहका प्रमुख र उपप्रमुखको मतको भार १९ तोकिएको छ। यिनै प्रतिनिधिहरूको मतदानबाट राष्ट्रिय सभाको आगामी नेतृत्वको चयन हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा